नाइजेरियामा १० लाख डोज कोरोना खोप हिनामिना

अफ्रिकी देश नाइजेरियामा १० लाख डोज कोभिड खोप हिनामिना भएको छ । प्रयोग नभइ पहिलो पटक यति ठूलो परिणाममा खोप खेर गएको हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार २० करोड जनसंख्या भएको नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खोप लगाएका छन् ।

राम्रोसँग भन्डारण हुन नपाउँदा ठूलो परिमाणमा खोप हिनामिना भएको हो । अनुदानमा प्राप्त ठूलो परिमाणको खोप व्यवस्थापन गर्न नसक्दा अफ्रिकी मुलुकमा खोप हिनामिना हुने क्रम बढ्दो छ । 

सरकारले खोप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएको डूब्लूएचओले जनाएको छ । अक्टोबरमा प्रदान गरिएको थप आठ लाख खोपको मात्रा भने प्रयोगमा आएको जनाइएको छ ।  

नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खोप लगाएका छैनन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै पश्चिमेली देशहरूले नाइजेरियामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । पछिल्लो समयमा नाइजेरियामा संक्रमितहरुको संख्या बढेको छ ।   





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ९:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया