विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले अहिले प्रयाेगमा आइरहेका खेापहरूले नै काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने बताएकाे छ ।
अहिले प्रयाेग भइरहेका खाेपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जाेगाउने डब्लुएचओका आपतकालीन निर्देशक डा. माइक रायनले जानकारी दिए ।
प्रचलित खाेपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जाेगाउने उनकाे भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्राेन सक्रमितहरूमा गरिएकाे एउटा ल्याब परीक्षणमा अहिले प्रयाेगमा आएकै खाेपले काम गर्ने देखिएकाे हाे ।
चलनचल्तीमा अाएका खाेप कति हदसम्म प्रभावकारी हुन्छन् भन्ने बारेमा थप अनुसन्धान भइरहेकाे छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।