विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ ।

‘अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ,’ उनले भने, ‘आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।’ 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ९:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया