कांग्रेस महाधिवेशन : किन हारे आफ्नै क्षेत्रमा अमरेश सिंह?

नेपाली कांग्रेसका सांसद नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । १४ औँ महाधिवेशनमा केन्द्रमा चुनाव लड्ने तयारीमा रहेका सिंह आफ्नै निर्वाचन क्षेत्र सर्लाही-४ मा पराजित भएका हुन् । 

सर्लाही-४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश-२ का महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए । 

यससँगै केन्द्रमा प्रभाव राख्ने सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भए । उनी प्यानलसहित पराजित भएका हुन् । मन्त्री सिंहको प्यानलबाट सुरेन्द्रप्रसाद सिंह ५ सय १६, वीरेन्द्रप्रसाद सिंह ५ सय १४, राजेश्वरप्रसाद सिंह ५ सय १४, रघुवीर कार्की ५ सय १३ मतसहित महाधिवेशन प्रतिनिधि बनेका छन् ।

क्षेत्रीय सभापतिमा रामआश्रय साह विजयी भएका छन् । साहले ५ सय १६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हरेन्द्र सहनीले २ सय २० मत ल्याएका छन् ।

किन हारे सिंह?

सर्लाही-४ मा क्रियाशील सदस्यता वितरणमा मन्त्री वीरेन्द्रप्रसाद सिंह र सांसद अमरेशकुमार सिंहबीचको टकराब थियो । कांग्रेसलाई नै भोट दिएकालाई क्रियाशील सदस्यता दिँदा अमरेशले बिनाकारण लफडा गरेकाे मन्त्री सिंहले आरोप लगाउँदै आएका थिए ।



त्यसैले वडा अधिवेशन पनि निर्धारित समयमा भएन । क्षेत्रीय अधिवेशन पनि ढिलो गरी भएकाे छ । १३ औँ महाधिवेशनमा क्षेत्रमा आफ्नो अनुकूल राजनीतिक अवस्था सिर्जना गरेका अमरेश संघीय सांसदमा उम्मेदवारी दिँदा क्षेत्रका बलिया नेतामा पर्थे । 

उनलाई निर्वाचित गराएपछि विकास निर्माणका काम अगाडि बढ्ने कांग्रेस मतदाताको अपेक्षा थियाे । किनकि उनी कांग्रेसमा प्रभाव पार्नसक्ने नेता थिए । तर, सांसद बनेपछि उनले मतदाता मात्र हाेइन स्थानीय नेता-कार्यकर्तासँग दूरी बढाए ।



सर्लाही-४ का नेता श्याम कार्की आफ्नै दम्भका कारण सिंह पराजित भएकाे बताउँछन् । 'उहाँले कार्यकर्ता र स्थानीयको अपेक्षाभन्दा पनि आफ्नै खुसीमा योजना ल्याउनुभयो । ती योजना नाममा मात्र  सम्पन्न भए,' कार्कीले भने । 

  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १०:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया