कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने राजीव ढुंगानाको घोषणा

नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । 

उनले पार्टीको संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसलाई प्रशिक्षित कार्यकर्ता बनाउन, अनुशासित संगठन निर्माण गर्न, जनजीवीकाको सवाल, कांग्रेसलाई पद्धतिमा चल्ने पार्टी बनाउन र क्रियाशील सदस्यता वितरणको प्रक्रियामा सुधार गर्ने सम्बन्धि आवाज उठाउन केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएको बताए । 

ढुंगानाले नेविसंघको नेतृत्व विशेष परिस्थितिमा आएको र अब पार्टीको राजनीतिमा आउन चाहेको पनि बताए  । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ११:१६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया