कलाकार ‘जोगिन्दर’ कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही–४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिवशंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

नेपाल सांस्कृतिक संघका महामन्त्रीसमेत रहेका रिजाल क्षेत्रीय अधिवेशनमा ५ सय १३ मत प्राप्त गरी विजयी भएका हुन् । मंगलबार सर्लाही–४ को गोडैता नगरपालिका–५ स्थित एक विद्यालयमा अधिवेशन सम्पन्न भएको थियो ।

उनी बरहथवा नगरपालिका(१५ निवासी हुन् । उनी सर्लाहीबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा दोस्रोपटक निर्वाचित भएका हुन् । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रूपमा बुझ्न आग्रह गरे ।

‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिस्पर्धा गर्छौं । तर, नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्,’ रिजालले भने । 

नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका रिजाल सर्लाही–४ बाट क्रियाशील सदस्य छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ११:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया