नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई सेयरधनीलाई लाभांश वितरण गर्न अनुमति दिएको छ । बैंकले लगानीकर्तालाई घोषणा गरेको लाभांश अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस हुनेछ ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६३ प्रतिशत दिन लागेको छ ।
उक्त लाभांश सभाले पारित गरेपछि मात्र वितरण प्रक्रियाअघि बढ्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।