उदयपुरमा मोटरसाइकलकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा त्रियुगा नगरपालिका- ११ पिजीचाेकका निवासी ५६ वर्षीय कर्ण सुन्दास रहेका छन्।

असारीबाट गाईघाट आउँदै गरेको प्रदेश १-०५-००१ प ३५९२ नम्बरको मोटरसाइकलले पिजीचाेकमै पैदल हिँडिरहेका सुन्दासलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते सुन्दासकाे न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवत्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । 

मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१३ असारी राई चोकका २९ वर्षीय विरेन राई समेत घाइते भएका छन् । उनको पनि न्युरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । 
 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया