नेपाली कांग्रेसमा रामचन्द्र पौडेल समूहका युवा नेताहरूले केही बेरमा छलफल गरेर नेतृत्वलाई साझा उम्मेदवार चयनका लागि दबाब दिने तयारी गरेका छन् ।
मंगलबार चाक्सीबारी र बुधबार बिहान गौशालामा बसेको यो समूहको बैठकले अहिलेसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन ।
बुधबार बिहानको बैठक बिनानिष्कर्ष सकिएपछि यो समूहका नेताहरु फेरि चाक्सीबारीमा आज साँझ नै भेट्दै छन् । त्यो भेटमा समूहका केन्द्रीय सदस्य तथा सभापतिका आकांक्षी छलफलमा बस्दै छन् ।
यो समूहबाट यसअघि रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह सभापतिमा आकांक्षी छन् । यीमध्ये पौडेल र शशांक कोइरालाले सहमति भएको खण्डमा आफूले सभापतिमा गरिरहेको दाबी छोड्न सक्ने बताएका छन् ।
यहीबीच यो बैठकभन्दा यही समूहका युवा नेताहरु पनि बसेर छलफल गर्ने र उम्मेदवार तय गर्ने तयारीमा छन् । यो समूहका चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, जीवन परियारलगायतका युवाहरू बसेर यो विषयमा केहीबेरमा छलफल सुरु गर्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।