कांग्रेस महाधिवेशनः संस्थापनइतरका ​ शिर्ष नेतालाई साझा उम्मेदवार चयन गर्न जिल्ला सभापतिको दबाव

नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सम्पन्न भएको छ । बैठकमा उपस्थित जिल्ला सभापति, पूर्वसभापति र निवर्तमान सभापतिहरूले नेतृत्वलाई आगामी महाधिवेशनको लागि साझा उम्मेदवार तय गर्न दवाब दिएका थिए । 

‘सभापति, पूर्वसभापति र निवर्तमान सभापति साथीहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यो विचार समूहबाट एक जना उम्मेदवार बन्नुपर्छ भन्ने सुझाव दिनुभयो,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य जगदीश्वर नरसिंह केसीले जानकारी दिए । 

बैठकमा सहभागी कांग्रेस नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला लगायतले सभापतिमा कसलाई उठाउँदा ठिक हुन्छ भन्नेमा सुझाव मागेका थिए । 

‘रामचन्द्र पौडेल र शशांक कोइरालाले प्रकाशमान र शेखर कोइरालालाई मिलेर आउन भन्नु भएको छ,’ उनले भने । 

संस्थापनइतर पक्षबाट आगामी अधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न एउटा विधि बनाउने सुझाव पनि बैठकमा दिइएको थियो । बैठकमा सहभागीले जसलाई उठाउँदा जित्ने सम्भावना बढी हुन्छ त्यसैलाई सभापतिको उम्मेदार बनाउनु पर्ने जनाएका थिए ।

कांग्रेस महाधिवेसन यही मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १३:३५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया