कांग्रेस महाधिवेशन : शशांक पुगे चाक्सीबारी, रामचन्द्र र शेखर आउन बाँकी

नेपाली कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिका साझा उम्मेदवार तय गर्न चाक्सीबारीमा बस्ने भएकाे बैठकका लागि महामन्त्री डा. शशांक काेइराला पुगेका छन् । 

बैठक तीन बजेपछि बस्ने भएकाे छ । सभापति पदका दाबेदारहरू वरिष्ठ नेता रामचन्द्र पाैडेल र केन्द्रीय सदस्य डा. शेखर काेइराला पुग्न बाँकी छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भोलिबाट सुरु हुने भएकाले आज साँझसम्म साझा उम्मेदवार छान्न यो समूहलाई दबाब छ । यसअघि अनुपम फुडल्यान्डमा बसेको संस्थापन इतर समूहको छलफल सभापतिको साझा उम्मेदवार तय गर्न सकेन ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १४:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया