देउवा पक्षको बैठक बूढानीलकण्ठमा, महामन्त्रीका आकांक्षी खाण, साउद, महत र कार्की

बूढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुको भेला बोलाएका छन् । 

बैठकमा सहभागी हुन उनी पक्षका नेताहरु बैठकस्थल पुगेका छन् ।

बैठकमा तीन जनाले महामन्त्री पदमा दाबी गरेका छन् । 
स्रोतका अनुसार बैठकमा एनपी साउद, बालकृष्ण खाँण र प्रकाशशरण महतले दाबी गरेका हुन् । 

त्यस्तै, सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि महामन्त्रीमा दाबी गरेका छन् ।

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित यो बैठकमा देउवाले पदाधिकारीहरूको टुंगो लगाउने अनुमान गरिएको छ । तर, महामन्त्री पदका दाबेदार बढी हुँदा उनलाई सकस परेको छ ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १४:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया