भारतका रक्षा प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

भारतको तमिलनाडुमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा भारतका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) बिपिन रावत रहेको जनाइएको छ । 

रावतसँगै उनकी श्रीमती पनि हेलिकप्टरमा रहेको जनाइएको छ । 

भारतीय मिडियाका अनुसार हेलिकप्टरमा सेनाका अन्य वरिष्ठ अधिकारीहरु समेत रहेका थिए । 

भारतीय वायु सेनाको ट्वीट अनुसार एमआई–१७ हेलिकप्टर दुर्घटना भएको हो । 

रावतलाई १ जनवरी २०२० मा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरिएको थियो । 



भारतीय सेनाले दुर्घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानबिनको आदेश दिएको छ । 




  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया