भारतका रक्षा प्रमुख चढेको हेलिकप्टर दुर्घटनाः चार जनाको मृत्यु, तीन जनालाई अस्पताल पुर्याइयो

भारतका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) बिपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा त्यसमा रहको चार जना सैनिकको मृत्यु भएको छ । 

घाइते तीन जनालाई उपचारको लागि अस्पताल पुर्याइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

हेलिकप्टरमा भारतका रक्षा प्रमुख रावत, उनको श्रीमतीसहित १४ जना रहेको जनाइएको छ । रक्षा प्रमुख रावत र उनको श्रीमतीको अवस्थाबारे केही बताइएको छैन । 

भारतीय सेनाको एमआई–१७ भि ५ हेलिकप्टर दुर्घटना भएको भारतीय सेनाले जनाएको छ । भारतीय मिडियाका अनुसार हेलिकप्टरमा सेनाका अन्य वरिष्ठ अधिकारीहरु समेत रहेका थिए । 

रावतलाई १ जनवरी २०२० मा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरिएको थियो । 

भारतीय सेनाले दुर्घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानबिनको आदेश दिएको छ । 






  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १५:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया