भारतका उच्चपदस्थ अधिकारी जनरल विपिन रावत सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको केही घन्टा भइसकेको छ । भारतको तमिलनाडुको कुन्नुरमा सेनाको एमआइ १७भी५ हेलिकोप्टर आज दिउँसो क्र्यास भएको हो ।
भारतीय वायुसेनाले यो दुर्घटनाको कारणबारे छानबिन गर्न निर्देशन दिएको छ । हेलिकोप्टरमा भारतका पूर्वसेना प्रमुख तथा चिफ डिफेन्स अफ स्टाफ रावतका परिवारका सदस्य पनि यो हेलिकोप्टरमा सवार थिए ।
तमिलनाडुका वनमन्त्री रामचन्द्रनले दिएको जानकारीअनुसार हेलिकोप्टरमा १४ जना सवार थिए । यीमध्ये पाँच जनाको मृत्यु भइसकेको छ । अन्यको अवस्था गम्भीर रहेको बताइएको छ । मन्त्री रामचन्द्रनले दिएको जानकारीअनुसार यो हेलिकोप्टर आर्मी बेस सुलुरबाट निस्किएको थियो । यही हेलिकोप्टरमा रावत वेलिंगटन सैन्य क्याम्पमा जान लागेका थिए ।
रावतलाई १ जनवरी २०२० मा पहिलो पटक चिफ डिफेन्स अफ स्टाफ नियुक्त गरिएको थियो । भारतीय रेडियो अल इन्डियाले दिएको जानकारीअनुसार यस विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसदमा जानकारी दिँदैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।