कांग्रेस सभापतिका आकांक्षी कल्याण गुरुङले जारी गरे घोषणापत्र

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता कल्याण गुरुङ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो प्रतिबद्धतामा निःशुल्क र गुणस्तरीय शिक्षा, निःशुल्क र नियमित स्वास्थ्य सेवा, निःशुल्क न्याय सेवा, निःशुल्क सुरक्षा सेवा, जनहितमुखी प्रगतिशील कर नीतिलगायतका विषय समेटेका छन् ।

गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन् । कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङले ०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका थिए । उनलाई पार्टीको १२औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा तत्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका थिए ।

त्यसयता कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार १८:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया