मानवअधिकारका मुद्दामा गम्भीर हुन सबैलाई उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकारका मुद्दामा गम्भीर हुन सबैलाई आग्रह गरेका छन् । ७३औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित राष्ट्रिय महाभेलामा उनले सो धारणा राखेका हुन् । 

मुलुकमा मानव बेचबिखन, बोक्सी लैगिंक विभेद, छुवाछूतजस्ता सामाजिक कुप्रथा विद्यमान रहेको भन्दै उपराष्ट्रपति पुनले यस्ता कुप्रथा हटाउन सबैले आफ्नो स्थानबाट लागिपर्नुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता आधारभूत आवश्यकतालाई सरकारले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टपबहादुर मगरले मानव अधिकारको उपभोगको सन्दर्भमा देखिएका समस्या र चुनौतीको समाधानका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । मानव अधिकारबाट कसैलाई वन्चित गर्न नहुनेमा उनले जोड दिए । 

पूर्वसभामुख तथा मानव अधिकारकर्मी दमननाथ ढुंगानाले मानव अधिकार सुनिश्चिताको कार्यान्वयन पक्ष निकै कमजोर रहेको भनदै मानव अधिकार भाषणमा मात्रै सीमित हुन नहुने बताए । 





  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार २०:४७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया