कांग्रेस महाधिवेशनको सरगर्मी बढिरहँदा नेपाली कांग्रेसको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा पार्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच रस्साकस्सी चलिरहेको छ ।
अहिलेसम्म कुनै पक्ष्मा पनि खुुलिनसकेका सिटौलाई बुधबार दिउँसो वरिष्ठ नेता रामचन्द्र पौडेलले उनकै निवासमा गएर भेटेका थिए । आफूलाई सहयोग गर्न पौडेलले गरेको आग्रहमा सिटौलाले सकारात्मक जवाफ दिएको पौडेल पक्षका नेताहरुले दाबी गरेका थिए ।
उनै सिटौलालाई आफ्नो पक्षमा मनाउन देउवाले पनि बुधबार साँझ आफ्ना प्रतिनिधिलाई सिटौलानिवास पठाएका छन् । देउवाले महामन्त्री पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीलगायतलदाई सिटौलाकोमा दूतका रुपमा खटाएको स्रोतले जनाएको छ ।
अघिल्लो महाधिवेशनमा देउवा र पौडेलसँग सभापतिमा प्रतिस्पर्धा गरेका सिटौला पहिलो चरणमा तेस्रो बनेका थिए । दोस्रो चरणमा उनले जसलाई सहयोग गर्छन् उसैले जित्ने परिस्थिति बनेको थियो । अन्ततः उनकै सहयोगका कारण देउवा सभापति बने । यसपटक सिटौलाले कसलाई सहयोग गर्छन्, कांग्रेस वृत्तमा यो व्यग्र प्रतीक्षाको विषय बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।