महसँग नखानु मुला !
फरकधार / २३ मंसिर, २०७८

एजेन्सी–मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ । तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ । स्वास्थ्यसम्बन्धी जानकारहरूका अनुसार मह खाँदा यी कुरामा ध्यान दिनुपर्छ :



१. मह अलि गरम वस्तु हो । यसलाई तातो खानासँगै खानुहुँदैन । तातो खानासँगै खाँदा झाडापखाला हुन सक्छ ।
२. चिया वा कफीमा महको सेवनले शरीरमा ताप बढाउँछ । यसले एक किसिमको छटपटी उत्पन्न गर्न सक्छ ।
३. महसँगै मुला खानुहुँदैन । यसले शरीरमा टाक्सिन बन्न थाल्छ । 
४. माछा र मासुसँगै मह खानाले शरीरमा टाक्सिन उत्पन्न हुन्छ । यसले शरीरमा नराम्रो असर गर्छ ।
५. घिउ र मह एकसाथ बराबर अनुपातमा मिलाएर खानुहुँदैन । यो शरीरका लागि बिष साबित हुन सक्छ । 
 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ५:३७:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया