कांग्रेस महाधिवेशन : सभापतिको उम्मेदवार छान्न आज पनि बस्दै संस्थापनइतर पक्षको बैठक

१४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार छान्न आज पनि नेपाली कांग्रेसको संस्थापन इतर पक्षले छलफल गर्ने भएको छ । सभापतिको साझा उम्मेदवार छान्न इतर पक्ष (रामचन्द्र पौडेल समूह) ले आज बिहान ८ बजे छलफल गर्न लागेको हो । छलफल नेता प्रकाशनमान सिंहनिवास चाक्सीबारीमा हुनेछ । 

संस्थापन क्षतर पक्षले केही दिनयता सभापतिको उम्मेदवार टुंग्याउन निरन्तर छलफल गरिरहेको छ । तर, छलफलले सार्थकता पाइरहेको छैन । आकांक्षीहरूले अडान कायमै राखेपछि पौडेल पक्षमा सभापतिको उम्मेदवार टुंगो लगाउन सकस भइरहेको हो । 

यद्यपि महाधिवेशनमा सभापतिका प्रत्यासी मानिएका वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले लचकता देखाएका छन् । तर, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला भने सभापतिको अडान कायमै राखेका छन् । 

उम्मेदवारको टुंगो लगाउन बुधबार पनि सिंह निवासमा पौडेल समूहका शीर्ष नेताहरूले छलफल गरेका थिए । तर, सो छलफलमा पनि उम्मेदवारको विषयमा सहमति हुन सकेन । 

त्यसअघि बुधबार बिहान साझा उम्मेदवारबारे राय, सल्लाह र सुझाव लिन काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केन्द्रीय सदस्य, वर्तमान, निवर्तमान, पूर्वसभापतिसँगै प्रदेशका सभापतिहरूको भेला भएको थियो । कांग्रेस महाधिवेशन भोलिदेखि सुरु हुने तालिका छ ।  





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ७:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया