कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक बस्दै, महामन्त्री थप्ने सम्भावना

आज नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बस्दैछ । बैठक १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको हो । 

बैठक बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकले महाधिवेशनमा महामन्त्रीका आकांक्षी धेरै भएकाले थप्नसक्ने पनि बताइएको छ । 

खस-आर्य क्लस्टरका करिब एक दर्जन युवा नेता सहमहामन्त्रीका आकांक्षी देखिएपछि संस्थापन र इतर पक्ष दुवैलाई दबाब छ । कांग्रेस विधानमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठजना सहमहामन्त्री र एकजना कोषाध्यक्ष (मनोनीत) गरी १४ जना पदाधिकारी रहने व्यवस्था छ । 

केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट एक/एक महिलासहित २१ जना चुनिन्छन् । 

कांग्रेस मुख्य सचिव पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेनछ । 

भोलिबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बस्न लागेको हो ।  





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ७:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया