भारतीय एकदिवसीय टिमको कप्तानमा रोहित शर्मा

रोहित शर्मा भारतको एकदिवसीय क्रिकेटको कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसीसीआईको छनोट समितिले उनलाई एकदिवसीय टिमको कप्तानमा कप्तान चयन गरेको हो ।

विराट कोहलीको स्थानमा रोहितलाई कप्तानको जिम्मेवारी दिइएको हो । उनी यसअघि उप-कप्तान रहेका थिए । यससँगै रोहितले भारतीय एकदिवसीय र टी-२० टोलीको कप्तानी गर्ने भएका छन् । 

टेस्टको कप्तानी भने विराटले नै गर्ने छन् । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजअघि भारतले रोहितलाई कप्तान चयन गरेको हो । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार ८:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया