पुष्पन प्रधानको स्वर र संगीत रहेको ‘उठ्न सकिन्छ, हिम्मत नहारे’ गीतको भिडियो सार्वजनिक भएको छ ।
०७२ सालको महाभूकम्पमा परी देब्रे खुट्टा गुमाएका शरद पौड्यालले त्यसपछि भारत्तोलनमा गरेको संघर्ष र सफलताको कथालाई गीतमा प्रस्तुत गरिएको छ ।
वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रहेको गीतको भिडियो सुरेन्द्र सिंह नेपालीले निर्देशन गरेका हुन् ।
निराजन प्रधान र रुबिना थापाले अभिनय गरेको भिडियो बाबु श्रेष्ठले खिचेका हुन् भने रेनीश फागोको कलर, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र भूपेन्द्र अधिकारीको सम्पादन छ ।
सम्झना सिंह निर्माता रहेको भिडियोमा जस्तो परिस्थितिमा पनि हिम्मत नहारेर जिउनुपर्छ भन्ने सन्देश प्रस्तुत गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।