बलिउडमा मिटुः
अालाेक नाथले बलात्कार गरेकाे विन्ता नन्दाकाे अाराेप

काठमाडाैं– कार्यस्थलमा हुने यौन दुव्र्यवहारविरुद्ध विश्वका महिलालाई एक बनाउन अमेरिकाबाट सुरुभएको मिटु अभियानले बलिउडमा ठूलो प्रभाव पारेको छ । भारतको चलचित्र क्षेत्र, पत्रकारिता र राजनीति सबै क्षेत्रमा मिटुले आफ्नो प्रभाव जमाएको छ । 

वर्षौ पहिला कामको सिलसिलामा आफूमाथि सहकर्मीले गरेको दुव्र्यवहारका घटनाहरु महिलाहरुले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढ्दो छ ।चलचित्र तथा राजनीति क्षेत्रका प्रभावशाली व्यक्तिहरु नाना पाटेकर, विकास बहल, उत्सव चक्रवती, एमजे अकबरलगायतलाई आरोप लागेको छ । आरोपपछि मन्त्री एमजे अकबरले राजीनामा दिए, नाना पाटेकरविरुद्ध तनुश्रीले प्रहरीमा मुद्धा दर्ता गराएकी छन् । 

यी बाहेक अन्य व्यक्तिहरुलाई पनि यौन दुव्र्यवहारको आरोप लागेको छ । यो सुचीमा बलिउडमा आलोक नाथ र विन्ता नन्दाको केस पनि दर्ता भएको छ । 

चलचित्र निर्माता विन्ता नन्दाले बलिउड एक्टर आलोक नाथविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छन् । पर्दामा संस्कारी पात्रको छवि बनाएका आलोकनाथलाई उनको टिभी शो ताराकी डाइरेक्टर तथा निर्माता विन्दा नन्दाले बलात्कारको आरोप लगाएकी छन् । 

फेसबुकमा पोस्ट गर्दै अक्टोबर महिनामा उनले तारा शोका मुख्य अभिनेताले आफूलाई २० वर्ष अगाडी बलात्कार गरेको आरोप लगाएकी थिइन् । आलोक नाथले यी आरोप खण्डन गर्दै विन्ताविरुद्ध मानहानीको केस दर्ता गराएका छन् । 

उनले एक रुपैया जरिवानासहित मानहानी गरेको भन्दै लिखित माफीको माग गरेका छन् । आलोक नाथमाथि अन्य दुई अभिनेत्रीले पनि यौन दुव्र्यवहारको आरोप लगाएका छन् । 



विन्ता नन्दाले आलोक नाथसँग १९९०को दशकमा सुपरहिट टिभी सिरियल तारामा काम गरेकी थिइन् । फेसबुक पोस्टमा उनले लेखेकी छन् आलोक नाथले सिरियलकी मुख्य महिला कलाकारलाई यौन दुव्र्यवहार गरेका थिए । 

विन्ताले आफूले यो सबै घटनाहरु सार्वजनिक गर्न २० वर्ष पर्खिएको बताउँछिन् । आफू जस्तै महिलाले दुव्र्यवहार भोग्नु नपरोस भनेर यो घटना सार्वजनिक गरेको उल्लेख गरेकी छन् । 



आरोपपछि आलोक नाथले पत्रकारसँग आफूमाथि लगाएको आरोप झुट रहेको बताएका थिए । विन्तालाई आफूले बलात्कार नगरेको तर अरु कसैले बलात्कार गरेको हुन सक्ने भनाई आलोकको छ । 


 

  • प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार ८:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया