दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह : अध्ययन

भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अनुसन्धानले देखाएको छ । वायुको धुलोमा हुने कण पिएम २ दशमलव ५ सडकमाभन्दा घरभित्र बढी देखिएको अनुसन्धानले देखाएको हो । 

यसका बाबजुद अधिकांश घरपरिवारले प्रदूषण नियन्त्रण गर्न प्रभावकारी कदम नचालेको अध्ययन प्रतिवेदनमा जनाइएको छ । ‘राजधानी नयाँ दिल्ली बारम्बार विश्वकै सबैभन्दा प्रदूषित सहर’ सावित भएको पनि जनाइएको छ । 

युनिभर्सिटी अफ कोशिकाको इजर्जी पोलिसी इन्स्टिच्युटले सन् २०१८ देखि सन् २०२० सम्म गरेको सर्वेक्षणमा प्रदूषणबाट दिल्लीका धनी र गरीब सबै परिवार प्रभावित भएको उल्लेख छ । तर, गरीबभन्दा बढी आम्दानी भएका घर परिवारमा वायु स्वच्छ राख्ने संयन्त्र भने १३ गुणा बढी भएको अध्ययनमा जनाइएको छ ।

‘तर, समग्रमा भन्नुपर्दा धनी तथा गरीब जोसुकै भए पनि स्वच्छ हावा पाउनबाट बन्चित छन्,’ अध्ययन टोलीका लेखक केनिथ लीले भनेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर ७० मानिसको ज्यान जाने गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १२:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया