कांग्रेस केन्द्रीय सदस्यमा ओखलढुंगाका आठ नेताकाे दाबी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । कांग्रेसभित्रकाे दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरुले भने आफ्नाे दाबेदारी पेस गरेका हुन् । 

शुक्रबारबाट सुरू हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवार बन्न जिल्लाकै पुराना नेता महेश काेर्माेचादेखि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका हुन् । यद्यपि अधिकारीले भने महासंघकाे पद त्याग्ने संकेत गरेकी छिन् । 

जिल्लाका निवर्तमान पार्टी सभापति प्रदीपकुमार सुनुवार, पूर्वपार्टी सभापतिहरू महेश कोर्मोचा र गोमा केसी, ट्रेड युनियनका पूर्व अध्यक्ष खिला दाहाल, संविधानसभा सदस्य रामहरि खतिवडा, नेविसंघका पूर्व केन्द्रीय उपसभापति नविन राई,  महिला नेतृ बाला अधिकारी र युवा नेता डेकराज भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने जनाएका हुन् । 

उम्मेदवारी घोषणा गरेका नेताहरू गुटको लिस्टमा पर्न दौढधुप नेताकाे घरदैलाे थालेका छन् । एउटै समूह भित्र धेरै आकांक्षी भएकाले गुटको लिस्टमा नपर्दा चुनाव जित्न सजिलो नहुने निचोडसहित नेताहरू आ-आफ्नो समूहमा लविङमा छन् । खतिवडा, सुनुवार, दाहाल, अधिकारी र भट्टराई देउवा समूहका हुन् भने कोर्मोचा, केसी र राई कोइराला-पौडेल पक्षका हुन् ।

विगतमा पनि नेताहरूले उम्मेदवारी दिने र गुटकाे उम्मेदवार हुन नसक्दा पराजित भएका उदाहरण छन् । जिल्लाबाट एक वा दुई बन्ने हाे भने जित्न सक्ने अन्यथा एकले अर्काेलाई हराउने काम मात्र हुने धेरैकाे विश्लेषण छ । पत्रकार  कुम्भराज राईले नेताहरूले जित्नेभन्दा हराउने काममा उम्मेदवार बन्न खाेजेकाे टिप्पणी गरे । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १३:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया