पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ ।
शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारी स्वरुपमा बिहीबार सिटौला समूह बैठकमा बसेको नेताहरु बताउँछन् । गौशालास्थित सिटौलाको सम्पर्क कार्यालयमा बसेको बैठकमा पदाधिकारी र सदस्यको नाम टुंगो लगाउने गरी छलफल भइरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरे पनि सिटौला आफ्नो छुट्टै प्यानल बनाउन अग्रसर भएका हुन् । १३औँ महाधिवेशनमा पनि सिटौला समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।