लेजेन्ड फुटबल खेलाडी पेलेलाई फेरि अस्पताल भर्ना गरियो
फरकधार / २३ मंसिर, २०७८

ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्।



८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले  केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।

सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई 'हरेक दिन राम्रो' भइरहेको महसुस गरिरहेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।



तीन पटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी गराएपछि सार्वजनिक रूपमा विरलै देखा पर्ने गरेका छन् । उनले प्रोस्टेट र मिर्गौला समस्यासँग पनि लडिरहेका छन् ।



गत वर्ष, पेलेका छोरा एडिन्होले उनका बुबा कमजोर स्वास्थ्य र कमजोर गतिशीलताका कारण 'एक प्रकारको डिप्रेसन' सँग लडिरहेका  छन् ।

पेलेले २१ वर्षको व्यावसायिक करियरमा १,३६३ खेलमा १,२८१ गोलको विश्व रेकर्ड बनाएका  छन् । उनले ब्राजिलका लागि ९१ पटक क्याप गरेका थिए र ७७ अन्तर्राष्ट्रिय स्तरमा गोल गरेका थिए ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १४:१९:१,   अन्तिम अपडेट : मंसिर २३, २०७८ बिहीबार १४:४४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया