नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट १४ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार छान्न सकस परिरहेको बेला नेता शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरेर सहयोग गर्न आग्रह गरेका छन् ।
पौडेल निवास बोहराटारमा पुगेर शेखरले प्रकाशमान सिंह जसरी पनि सभापतिमा लड्ने अडान लिएपछि आफूलाई समर्थन गर्न आग्रह गरेका हुन् ।
कोइरालका सचिवालय स्रोतले भन्यो, ‘मलाई सहयोग गर्नुहोस् न प्रकाशमान सिंह लड्ने भन्नुहुन्छ । प्रकाशमान लड्दा तपाईं लड्ने कुरा भएन । मलाई सहयोग गर्नुहोस् ।’
जवाफमा पौडेलले समय अझै बाँकी रहेकोले साझा उम्मेदवार तयार गर्न जोड दिएका थिए । पार्टीको १४ औँ महाधिवेशन भने भोलिदेखि हुँदैछ । महाधिवेशन हुन एक दिन बाँकी छँदासम्म कैयौँ पटक साझा उम्मेदवार तयार गर्न भनेर बसेको इतर पक्षको बैठक निष्कर्षविहीन भयो ।
सभापति पदका आकांकीहरू पूर्ववर्ती अडानबाट पछि हटेका छैनन् । जसका कारण सभापति पदको साझा उम्मेदवार तयार गर्न इतर पक्षलाई मुस्किल परेको छ ।
नेता सिंहले जहिले त्याग गर्न नसकिने र एक्लै भए पनि सभापति पदमा निर्वाचन लड्ने अडान दोहोर्याउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।