लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग १ ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो । मर्स्याङ्दी-२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो । 

मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिशा गुरूङ र सेग्लेका गणेश भण्डारी छन् । लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार नौ ना घाइते भएका छन् ।

दुर्घटनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल लमजुङमा ल्याइएको डिएसपी कार्कीले बताए । उनका अनुसार दुई घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १५:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया