देशभर थपिए २११ कोरोना संक्रमित, थप दुईको मृत्यु
फरकधार / २३ मंसिर, २०७८

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ३२९ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।



त्यस्तै आज दुई जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।



हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १६:२३:५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया