नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले कांग्रेसको चाहना नहुँदा नहुँदै आफूहरु सरकारमा जान परेको बताएका छन् ।
उनले यसअघि नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दै गर्दा आफूहरु पाँच वर्षका लागि प्रतिपक्षमा बस्न तयार भएको स्मरण गरेका छन् ।
‘तर, अहिले ठिक उल्टो भएको छ,’ उनले भने, ‘देशभरका साथीहरुमा अहिले निराशा छ ।’
उनले स्थिर सरकार आउँदा पनि काम हुन नसकेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि कार्यक्रममा व्यंग्य तथा आरोप लगाएका छन् ।
‘अहिले त व्यवस्थामाथि नै प्रश्न उठेको छ,’ उनले भनेका छन्, ‘अब हामीले काम गर्न सकेनौँ भन्ने नाममा व्यवस्थामाथि प्रश्न उठ्न सक्छ ।’
उनले आन्दोलनबाट स्थापित मान्यतालाई पनि आफूहरुले संस्थागत गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘फेरि २०१७ फर्किने त होइन ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।