नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब कांग्रेस कसैसँग नडराउने बताएका छन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा कार्यक्रममा उनले कांग्रेसले अब तीनै तहको निर्वाचनमा जित निकाल्नु पर्ने बताएका छन् ।
उनले अब कांग्रेसले अरुले यस्तो गर्यो र उस्तो गर्यो नभन्ने तर अब कांग्रेसले के गर्ने भन्ने विषयमा ध्यान दिनु पर्ने बताएका छन् ।
उनले कांग्रेसले चुनाव हार्यो भने के गुमाउँछ भन्ने विषयमा अहिले नागरिकले के गुमाउँछ भन्ने प्रश्नको उत्तर अधिवेशनबाट खोज्नु पर्ने बताएका छन् ।
उनले स्थिर सरकार आउँदा पनि काम हुन नसकेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि कार्यक्रममा व्यंग्य तथा आरोप लगाएका छन् ।
‘अहिले त व्यवस्थामाथि नै प्रश्न उठेको छ,’ उनले भनेका छन्, ‘अब हामीले काम गर्न सकेनौँ भन्ने नाममा व्यवस्थामाथि प्रश्न उठ्न सक्छ ।’
उनले आन्दोलनबाट स्थापित मान्यतालाई पनि आफूहरुले संस्थागत गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘फेरि २०१७ फर्किने त होइन ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।