कांग्रेसको महामन्त्री केबल कुर्चीमा बस्ने मात्र होइनः गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको महामन्त्रीको कुर्ची एउटा केबल कुर्ची नभएको बताएका छन् ।

उनले कुनै समय नेपाली कांग्रेसमा गणेशमान, गिरिजाप्रसाद कोइराला पनि यो कुर्चीमा बसेको भन्दै यसले राजनीतिक रोडम्याप बनाउने बताएका छन् ।

थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा कार्यक्रम आयोजना गर्दै यस्तो बताएका हुन् ।

उनले आफूले महामन्त्रीका रुपमा समन्नुत नेपाल, सम्पन्न नेपालीको अवधारणा प्रस्तुत पनि गरेका छन् ।

उनले समुन्नत नेपालको संकल्प गर्दैगर्दा नेपाल समुन्नती तर्फ कति अगाडि बढ्यो भन्ने विषयमा नाप्नका लागि अर्को महाधिवेशनको सन्दर्भमा आफूले मूल्यांकन गर्ने बताएका छन् ।

थापाले आज एक कार्यक्रम गर्दै १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १६:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया