ओलीको अहंकार र अयोग्यताका कारण देशले सजाय भोग्नु पर्यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण सिंगो देशले दुःख पाएको बताएका छन् ।

१४ औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले ओलीको अहंकार र अयोग्यताका कारण देशले सजाय भोग्नु परेको बताएका हुन् ।

'नेपाल कम्युनिस्ट, त्यो पार्टीको नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अयोग्यताका कारणले गर्दा सिंगो नेपाल, खास गरेर एउटा पुस्ताले नै करिब-करिब त्यसको सजाय भोग्नु परेको छ ।'

उनले नचाहँदा नचाहँदै आफ्नो पार्टीको नेतृत्वमा सरकार सञ्चालन गर्नुपर्ने अवस्था आएको पनि बताए ।

उनले भने 'हामी चाहन्थौँ, सभापति शेरबहादुर देउवा पनि चाहनुहुन्थ्यो, अहिले कम्युनिस्टको सरकार होस् । हामी प्रतिपक्षीको भूमिका निर्वाह गरेर पाँच वर्षपछिको आवाधिक निर्वाचनमा सरकार परिवर्तन गर्ने एउटा संकल्पका साथ आउने अवस्था बनोस् भन्ने हामी सबै चाहन्छौँ ।'

उनले अहिले आफ्नो पार्टीको प्रदेशमा पनि सरकार भएको तर आफूहरूको यस्तो चाहना नभएको बताए ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १६:४४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया