पूर्वमन्त्री तथा नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति सञ्जयकुमार गौतमले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गौतमले महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
पार्टीमा सक्षम नेतृत्व,विधि र प्रक्रियाबाट पार्टी सञ्चालनका एजेन्डासहित उम्मेदवार बन्ने घोषणा गरेका छन् । ‘पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको छु', उनले भने, 'मैले पार्टीमा नेतृत्व परिवर्तन र पार्टीलाई विधि र प्रक्रियाबाट सञ्चालनका एजेन्डासहित उम्मेदवारी घोषणा गरेका हुँ ।'
कांग्रेसभित्र कोइराला र सिंह परिवारसँग नजिक भनेर चिनिएका गौतम संस्थापन इतर समूहका नेता हुन् । उनी प्रतिनिधि सभाका निर्वाचित सांसद्समेत हुन् । बर्दियामा संघीय निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई चुनाव हराएर निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।