महिला हिंसा अन्त्यका लागि घरघरबाटै पहल गर्नुपर्छः मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलाहिंसा अन्त्यको लागि घरघरबाटै पहल गर्नुपर्ने बताएकी छन् । महिला सुरक्षा दबाब समूहले आयोजना गरेको १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताइन् । 

समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भए पनि वास्तवमै लैंगिक विभेद भने हट्न नसकेको उनको भनाइ छ । विगतको महिला आन्दोलनलाई पनि जोड्दै आजको उपलब्धि हिजोको आन्दोलन भएको बताउँदै उनले अबको आन्दोलन जगाउने जिम्मा भावी पुस्ताको भएको बताइन् । 

साथै मन्त्री झाँक्रीले समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राज्य र हरेक घर नै सचेत हुनुपर्नेमा पनि जोड दिइन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले महिलामाथि हुने गरेका चरम यातना तथा हिंसाका घटनालाई निराकरण गर्न सबैलाई आह्वान गरिन् । 





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार १८:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया