बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको खोप

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई विद्यालयमै खोप लगाउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । माघ २ देखि १२ सम्म दोस्रो चरणको खोप अभियान सञ्चालन हुने जनाइएको छ ।

त्यसका लागि जिल्ला शिक्षा कार्यालय र विद्यालयहरूसँग समन्वय गरेर विद्यालय र उक्त उमेर समूहका विद्यार्थी संख्याबारे तथ्यांक संकलन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ लाख ७८ हजार डोज मोर्डना खोप आइसकेको छ ।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार २०:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया