धनगढी उपमहानगरका मेयर र उपमेयरले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले उम्मेदवारी घोषणा गरेका छन् ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) र उपप्रमुख सशीला मिश्र भट्टले सुदूरपश्चिम (महिला) केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

नगर प्रमुख वड नेपाली कांग्रेस नगर समितिका सभापतिसमेत भइसकेका छन् । मेयर वड देशभरका उप–महानगरपालिकामा दलित समुदायबाट स्थानीय तहको नेतृत्व गर्ने एक मात्र प्रतिनिधि हुन् । 

केही दिनअघि सम्पन्न कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा मेयर वड कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

मेयर वडले पार्टी सुदृढीकरण, शसक्त र प्रभावकारी बनाउन आफनो उम्मेदवारी घोषणा गरेको बताए । नगर प्रमुख वडले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणासँगै उनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई मतदानको लागिसमेत अपिल गरेका छन् । मेयर र उपमेयर दुवैजना प्रधानमन्त्री तथा वर्तमान पार्टी सभापति शेरबहादुर देउवानिकटका हुन् ।





  • प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार २०:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया