कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन् ।
महाधिवेशन उद्घाटनको भोलिपल्ट अर्थात् शनिबार नेता सिंहले उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने भएका हुन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काई बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन्।
महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आज आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए ।
सिंहले अवधारणापत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षमा साझा उम्मेदवार चयनका लागि प्रयास भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।