मुगुका चारवटै स्थानीय तहमा माओवादीको नयाँ नेतृत्व चयन

मुगुका चारवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) ले नयाँ नेतृत्व चयन गरेको छ । छायाँनाथ रारा नगर कमिटी अध्यक्षमा सुवासचन्द्र बुढा चयन भएका छन् । 

उपाध्यक्षमा देविकृष्ण रोकाया, कर्णबहादुर कुलाल र केशव चौलागाई चयन हुँदा मधुली नेपाली कोषाध्यक्ष बनेकी छन् । सचिवमा रत्न बडुवाल र सहसचिव दिलमाया महतारालाई चयन गरिएको छ ।

कार्मारोङ गाउँपालिकामा अध्यक्षमा सुनबहादुर रोकाया, सोरु गाउँपालिका अध्यक्षमा जयलाल मल्ल  र खत्याड गाउँपालिका अध्यक्षमा भरतबहादुर शाही चयन भएका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा स्थानीय तहका सम्मेलन अन्तिम चरणमा पुगेका छन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ८:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया