यसरी सिँगारिँदैछ कांग्रेस महाधिवेशनमा लागि भृकुटीमण्डप (फोटो फिचर)

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन स्थल भृकुटीमण्डपमा यतिबेला कांग्रेस पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले सजाइएको छ । 

महाधिवेशनका लागि स्टेज निर्माणको काम सकिएर अहिले सजाउने काम भइरहेको छ । यस्तै, महाधिवेशनस्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागतद्वार राखिएको छ । महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिँगार्ने काम रोशन आर्ट्स सर्भिसले लिएको छ । आर्ट्सका प्रोपाइटर रोशन जयसवालका अनुसार स्टेज निर्माण र सिँगारको लागत ५० लाख रुपैयाँ जति लाग्ने भएको छ । 

‘सुरुमा ३५ लाखमा ठेक्का लिएको हो । तर, आयोजकले पछि डिजाइनहरू थप्दै गएपछि लागत बढेको छ । अहिलेसम्मको खर्च हेर्दा ५० लाखसम्म लाग्ने देखिन्छ । थप हिसाब गर्नै पर्छ’, उनले भने । दिउँसो एक बजे महाधिवेशनको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनमा देशभरबाट ४ हजार ६ सयजना प्रतिनिधि सहभागी हुनेछन् ।  

यसरी सिँगारिँदैछ कांग्रेस महाधिवेशनमा लागि भृकुटीमण्डप :





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १०:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया