महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रिजालले भने, ‘शिर भेटिएको छैन’

रक्षामन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनी संस्थापन इतर पक्षका हुन् । 

आज बिहान हात्तीसारमा पत्रकार सम्मेलन गरी महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । तर, इतर पक्षबाट सभापति को हुने भन्ने टुंगो नभएकोप्रति कटाक्ष गरे । 

‘म महामन्त्रीको उम्मेदवार छु । तर, शिर भेटिएको छैन । शिरको खोजी भइरहेको छ’, रिजालले बताए । उनले देउवालाई लक्षित गर्दै अहिले देखिएजस्तो अनुहार पार्टीमा देखिए जनताले नपत्याउने पनि बताएका छन् । 

‘पार्टीले नयाँ अनुहार ल्याउनुपर्छ । शेरबहादुर देउवा दोहोरिनु हुँदैन । प्रधानमन्त्रीको रूपमा १०० प्रतिशत उहाँप्रति मेरो लोयालिटि छ’, उनले भने, ‘तर पार्टीभित्र सभापतिको रूपमा फरक मत छ । अहिलेकै अनुहारले पार्टीले आम चुनावमा कांग्रेसमा उत्साह आउँदैन ।’

तर पक्षबाट महामन्त्रीमा नेता धनराज गुरुङ पनि आकाङ्क्षी छन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १०:४०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया