यु-१९ एसिया कप : नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध खेल्ने
फाइल तस्बिर

युइएमा आयोजना हुने एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशको समाना गर्ने भएको छ । यो खेल २३ डिसेम्बरमा हुनेछ । 

समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल श्रीलंकासँग २६ डिसेम्बर र तेस्रो तथा अन्तिम खेल कुवेतसँग २८ डिसेम्बरमा खेल्नेछ । 

तीनवटै खेल शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछन् ।   

त्यस्तै समूह ‘ए’ मा भारत,अफगानिस्तान, पाकिस्तान र युएई छन् । यो समूहका खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् ।  

डिसेम्बर २३ देखि जनवरी १ सम्म चल्ने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 
 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार ११:६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया