अफ्रिदीले क्वेटाबाट पिएसएल खेल्ने

पाकिस्तान क्रिकेटका पूर्वकप्तान शाहिद अफ्रिदीले क्वेटा ग्लाडियटर्सबाट २०२२ को पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् ।​

ग्लाडियटर्सले अफ्रिदीलाई नयाँ सिजनको लागि अनुबन्ध गरेको हो । ‘क्वेटा ग्लाडियटर्समा आबद्ध भएकोमा म निकै उत्साहित छु,’ उनले भनेका छन् ।

अफ्रिदीले गत सिजन मुल्तान सुल्तानबाट खेलेका थिए । ४१ वर्षीय अफ्रिदी अन्तिमपटक पिएसएल खेल्न लागेका हुन् । 

आगामी सिजनबाट उनलाई पिएसएलमा देख्न पाइने छैन । अफ्रिदीले यसअघि कराँची किङ्स र पेशेवर जाल्मीबाट समेत पिएसएल खेलिसकेका छन् ।

उनले नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० लिग क्रिकेटसमेत खेलेका थिए । उनले काठमाडौं किङ्स-११ बाट चौथो संस्करणको इपिएल खेलेका थिए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १२:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया