फ्रान्सले दियो अमेरिकालाई झट्का, चीनलाई दियो साथ

आगामी वर्ष चीनमा हुन गइरहेको शितकालिन ओलम्पिकमा कूटनीतिक प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको अमेरिकालाई फ्रान्सले झट्का दिएको छ । 

चीनमाथि दवाब दिन आफू पनि कूटनीतिक प्रतिनिधिमण्डल नपठाउने र अन्य देशलाई पनि त्यसै गर्न उक्साइरहेको अमेरिकालाई फ्रान्सले कूटनीतिक प्रतिनिधिमण्डल चीन पठाउने निर्णय गरी झट्का दिएको हो । 

अमेरिकाले कूटनीतिक प्रतिनिधिमण्डल आगामी वर्ष चीनमा हुने ओलम्पिकमा नपठाउने निर्णय गरेपछि अष्ट्रेलिया, बेलायत र क्यानडाले पनि सोही निर्णय लिएका थिए । 

तर फ्रान्सले भने चीनलाई साथ दिने निर्णय गरेको छ । 

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले सन् २०२२ मा बेइजिङमा हुने शितकालिन ओलम्पिक खेललाई कूटनीतिक बहिष्कार गर्ने आफ्नो योजना नभएको बताएका छन् । कसैले यस्तो कदम उठाए त्यो बेइमानी र मात्र प्रतीकात्मक हुने उनले जनाएका छन् । 

अमेरिका, बेलायत, क्यानडा र अष्ट्रेलियाले चीनले मानवअधिकारको हनन गरेको भन्दै कूटनीतिक बहिष्कार गर्ने बताउँदै आएका छन् । कूटनीतिक बहिष्कार गरे पनि प्रतिस्पर्धा गर्न खेलाडी भने पठाउने उनीहरुले जनाएका छन् । 



चीनले बहिष्कार गर्ने देशले ‘यसको मूल्य चुकाउन पर्ने’ धम्की दिइसकेको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बेइजिङ ओलम्पिकको निम्तो प्राप्त भएको र आफू सहभागी हुन बेइजिङ जाने बताएका छन् । 



फ्रान्सका राष्ट्रपति म्याक्रोनले ओलम्पिकलाई राजनीतिकरण नगर्न सबैलाई आग्रह गरेका छन् । ओलम्पिक बहिष्कार गरे यसले लामो समय असर गर्ने उनले जनाएका छन् । 

(बिबीसीबाट) 

  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १२:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया