महाधिवेशन उद्घाटन समारोहमा जान रामचन्द्र पौडेल तयार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनको समारोहमा जान तयार भएका छन् ।

गुट उपगुटको तानातानले उद्घाटन समारोहमा जान अस्वीकार गरेका उनी अन्तत नेता/कार्यकर्ताले सम्झाएपछि उद्घाटन समारोहमा जान तयार भएका हुन् । 

‘उहाँ महाधिवेशनको उद्घाटन समारोहमा जानुहुन्छ, उहाँ सुरुमा गुट उपगुटको तानातानका कारण अन्योलमा हुनुहुन्थ्यो । तर, निवासमै पुगेर नेता/कार्यकर्ताले सम्झाएपछि उहाँ महाधिवेशन उद्घाटन समारोहमा जान तयार हुनु भएको छ,’ एक कांग्रेस नेताले भने ।

केही समयअघि नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य र मीनेन्द्र  रिजाल पौडेल निवास बोहराटार पुगेका थिए ।

कांग्रेस महाधिवेशन उद्घाटन दिउँसो १ बजे सुरु हुने तालिका छ ।  





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १२:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया