साझा उम्मेदवार ताेक्नका लागि संस्थापनइतर समूहकाे बैठक आज साँझ पाँच बजे बस्ने

नेपाली कांग्रेसकाे १४औं महाधिवेशन काठमाडाैंस्थित भृकुटीमण्डपमा सुरु भइसकेकाे छ। यता महाधिवेशन सुरु भइसक्दा संस्थापनइतर समूहले साझा उम्मेदवार भने ताेक्न सकेकाे छैन।

केही दिनदेखि निरन्तर छलफल भइरहँदा पनि समूह निष्कर्षमा पुग्न नसकेकाे हाे । संस्थापनइतर समूहले आज बेलुका साझा उम्मेदवार ताेक्न पाँच बजे बैठक बस्ने बताइएकाे छ । आजकाे बैठकमा जसरी भए पनि साझा उम्मेदवार ताेकिने स्राेतले जनाएकाे छ ।

संस्थापनइतरमा सभापतिका आकांक्षी रहेका शशांक र शेखर काेइरालाले रामचन्द्र पाैडेलका लागि पछि हट्न तयार हुँदा यता प्रकाशमान सिंह भने मानिरहेका छैनन् ।

सभापतिका अर्का प्रत्याशी विमलेन्द्र निधि भने पाैडेललाई उम्मेदवार बनाए आफू पछि हट्ने जनाएका छन्।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १४:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया