कांग्रेस महाधिवेशन : देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार प्रकाशशरण

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । पार्टीको नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

साथै शीर्ष नेताहरूले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्नका लागि पनि कसरत गरिरहेका छन् । यसै क्रममा संस्थापन पक्षले महामन्त्रीको उम्मेदवार प्रकाशशरण महतलाई तय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रकाशशरणलाई महामन्त्रीको उम्मेदवार बनाउने भएका हुन् ।

यद्यपि उनले कांग्रेसभित्रको तेस्रो धारका रूपमा रहेको कृष्णप्रसाद सिटौला समूहलाई मिलाउने प्रयास पनि जारी रहेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन समारोह केही बेरमा सुरु हुँदै छ । यो सत्र सकिएलगत्तै बन्दसत्र सुरु गरिने छ भने नेतृत्व चयनका लागि मतदान मंसिर २७ गते बिहान सुरु हुने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १४:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया