१४औं महाधिवेशनबाट ऊर्जा लिएर जाने हो : इन्द्र बानियाँ

नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँले १४औं महाधिवेशनपछि आमकांग्रेसजन उत्साह र ऊर्जाका साथ जाने अपेक्षा व्यक्त गरेका छन् ।

'जनतालाई विश्वास दिलाउँदै अब अगाडि बढ्ने हो । यो अधिवेशनबाट हामी सबैले ऊर्जा लिएर जाने हो ।'

कांग्रेसले अहिलेसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेकाले अब विवाद र तिक्तता राखिरहनु अनावश्यक भएको उनले बताए । उनले आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भए सफलता प्राप्त गर्ने उल्लेख गरे । कांग्रेसको उद्घाटन सत्र कार्यक्रम जारी छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७८ शुक्रबार १५:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया